बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

मंगलबार, भाद्र २६ २०८०

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । उनका विदेशमा रहेका दुई छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी छ ।

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्। १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने बताइएको छ ।

नेम्वाङका दुई छोरी भने काठमाडौंमै छन् ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो ।