शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

छुटे भाटभटेनीका साहुजी(तस्बिरसहित)

आइतबार, भाद्र २४ २०८०

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणका अभियुक्त व्यवसायी मीनबहादुर गुरुङ २ करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर आइतबार रिहा भएका छन्।

काठमाडौँ जिल्ला अदालतले व्यवसायी गुरुङसहित ललिता निवास प्रकरणका १७ जनालाई धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको हो।

गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार दिएको हो। गुरुङ ७६ दिनपछि रिहा भएका हुन्।

ललिता निवास प्रकरणका एकजना अभियुक्तलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ।