बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधान सेनापतिको पदबहालीको दोस्रो वर्ष सम्पन्न

आइतबार, भाद्र २४ २०८०

काठमाडौं- प्रधान सेनापति महारथी प्रभुराम शर्माले सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय नभई लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिदै सवल र सुदृढ हुँदै जाने संगठित र अनुशासित समूह भएको एवं सुदृढ र सुसज्जित सेनाको निर्माण कार्य निरन्तरको प्रकृया भएकोले दिनानुदिन विकास हुँदै जाने नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीहरुले गर्दा यो कार्य सदैव चलिरहने कुरा बताएका छन् । प्रधान सेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुरा भएको अवसरमा आईतबार नेपाली सेनालाई सम्बोधन गर्दै प्रधान सेनापतिले सो कुरा बताएका हुन ।

आफ्नो कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधान सेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकहरुमा माल्यार्पण गरे । उनले कर्तव्यपालनाको सिलसिलामा घाईते हुनु भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारको क्रममा रहने सबैलाई शीघ्र स्वास्थ्यलाभको कामनाका साथै उनीहरुको योगदानले नेपाली सेनाका सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन सदैव प्रेरणा मिलोस् भन्ने कामना गरे ।

प्रधान सेनापति महारथी शर्माले नेपालको एकीकरण अभियानको थालनीदेखि आजको दिनसम्म नेपाली सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाई राख्न अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको कुरा स्मरण गराउँदै सामुहिक प्रयासबाट नेपाली सेनाले आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासको लागि सकलदर्जा लगायत नेपाली सेनामा कार्यरत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यबाद व्यक्त गरे । उनले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी असामयीक तर्क उठाई स्थिर माहोललाई खल्बल्याउने कुनैपनि स्वार्थ प्रेरित समूह तथा क्षणिक वा दुरगामी असर पार्नसक्ने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सदैव सजग र सतर्क रहँदै नेपाल र नेपाली जनताको वृहत्तर हितमा समर्पित रहन सकलदर्जालाई निर्देशन दिए ।

प्रधान सेनापतिले सोही दिन जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जामा पदोन्नयति हुनुभएका सहायक रथी कुमार बाबु थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दर्ज्यानी चिन्ह प्रदान गरे । उनीहरु पदोन्न्ति सम्बन्धि विशेष व्यवस्था अनुरुप पदोन्निति भएका थिए ।

प्रधान सेनापतिले सकलदर्जालाई सम्बोधनको क्रममा रक्षा मन्त्रालयबाट सहज रुपमा साथ र सहयोग प्राप्त गरेको र आगामी दिनमा समेत उक्त साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै सम्बध्द राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन लगायत नेपाल सरकारका निकायहरु, नेपाली सेनासँग सहकार्य एवं सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरु संघसंस्थाका साथै सुखदुःखका हरेक क्षणमा सेनाप्रति भरोसा र विश्वास प्रकट गर्ने स्वदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई आभार प्रकट गरे ।

नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जा सहभागी विशेष कार्यक्रमको देशभर एवं विदेशमा तैनाथ नेपाली सेनाका सम्पूर्ण निकायहरुमा ीष्खभ ःगतिष्अबकत गरिएको थियो । सम्बोधनका दौरान प्रधान सेनापतिले कार्यकालको दोश्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गर्नु भएको थियो । साथै, उहाँले आगामी कार्यदिशाका बारेमा जानकारी गराउनु भएको थियो ।

त्यसै अवसरमा प्रधान सेनापतिले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन कल्याणकारी दर्पण, नेपाली सेनाको व्यवस्थापनमा संचालित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन एवं नेपाली सेनाको वर्षभरिका प्रमुख गतिविधीहरुको तस्वीर समेटिएको पुस्तक विमोचन गरेका थिए ।