शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

आइतबार, भाद्र २४ २०८०

काठमाडौं- प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा सोही महानगरपालिका–१० बुद्धनगर बस्ने सिन्धुली मरिन गाउँपालिका–४ घर भएका ३० वर्षीय राज कुमार घिसिङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले तिब्र गतिमा अनियन्त्रित तरिकाले आउँदै गरेको बा.३७ प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक घिसिङले प्रहरीसँग अपशब्द प्रगोग गरी बादबिबाद गर्दा नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै हातपात गरेपछि उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।