काठमाडौं- झापाको मेचिनगर नगरपालिका–९ झोडास्थित खेतमा सोही नगरपालिका–९ फारम टोल बस्ने ७१ वर्षीय कुल बहादुर रनपहेली शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, ज्वालामुखी गाउँपालिका–१ स्थित बुढीगण्डकी नदी किनारमा गोरखा गण्डकी गाउँपालिका–३ बस्ने ४८ वर्षीय युवराज रेग्मी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, सबैला नगरपालिका–३ सबैला बस्ने ६५ वर्षीय योग नारायण महतो आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।