काठमाडौं- कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा बडहरेस्थित सडकमा बा.३ ख ९७२६ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्नपूर्ण गाउँपालिका–४ भदौरे घर भएका ८० वर्षीया नौली विकको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ माईराम चोकस्थित सडकमा ना.६ ख २९९१ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीया हरीमाया भडारीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि कलैया अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।