काठमाडौं- कास्कीको पोखरा महानगरपालका–८ नागढुङ्गा बस्ने बिष्णु प्रसाद अर्यालको ईलेक्ट्रोनिक सामाग्रीको गोदाममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा फ्रिज ६ थान, एलइडी टिभी १ थान, वासिङ मेसिन ३ थान, मोबाईलको भित्री पार्ट र कभरहरु गरी करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहटको गढीमाई नगरपालिका–८ बिनग्राटोल बस्ने सरोज राय यादवको घरमा लामघुट्टे धपाउन बलेको घुरबाट आगो सल्किएर शुक्रबार बिहान आगलागी हुँदा चौपाया, फर्निचर, खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर बस्ने जयकिशोर प्रसाद यादवको घरमा लामघुट्टे धपाउन बलेको घुरबाट आगो सल्किएर गएराति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।