म्याग्दे गाउँपालिका–५ थाङदीस्थित सडकमा ग.१६ प ५९६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका–४ नरीकोट बस्ने ३३ वर्षीया कमला रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिपि कोईराला श्वास प्रश्वाश केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।