काठमाडौं । नेपाल महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ ।
यो हारसँग नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन ।
शुक्रबार भएको सेमिफाइनलमा नेपाल ४८ रनले पराजित भएको हो ।
थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो ।
नेपालका लागि कविता कुवँरले अविजित १७ रन बनाईन् । कविता जोशी र अप्सरी बेगमले समान १०–१० रन बनाए ।
अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३–३ विकेट लिए। नातया बुताथमले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । १ सय ६ रन लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रन बनाउँदै अलआउट भएको थियो ।
जितसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ ।
थाइल्यान्डले सन् २०२० मा विश्वकप खेलेको थियो।