काठमाडौं- कैलाली, धनगढी उपहमानगरपालिका–१२ डि गाँउस्थित खेतमा सोही ठाउँ बस्ने ४० वर्षीय महादेव भट्ट बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा, चौबिसे गाउँपालिका–८ खोलीटार बस्ने २७ वर्षीया मिना लावती आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् । पर्वतको जलजला गाउँपालिका–८ लस्तीस्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।