काठमाडौं- कास्कीको पोखरा महानगरपालिका–१ बगर ट्याक्सी चोकस्थित शुशिलमान प्रधानाङ्गको सेलवेज क्यास एण्ड क्यारी बगर शाखामा बिहीबार बिहान आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक सामाग्री तथा फर्निचरहरू जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुरको ताप्ली गाउँपालिका–५ भदौरे बस्ने जीवन परियारको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।