शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राजनीति

गृहमन्त्री बदलेर सरकार जोगाउने प्रचण्डको दाउ

बिहिबार, भाद्र २१ २०८०

नारायणकाजीलाई हटाउन माओवादीभित्रका वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल र नन्दकिशोर पुनलगायतका ब्यक्तिहरू सक्रिय रहँदै आएका छन् । प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीलाई पनि प्रचण्डले गृहमन्त्री बदल्ने वचन दिएर एक हदसम्म विश्वासमा लिन सफल भएका छन् । भ्रष्टाचारी चरित्रका मानिस जुनसुकै पार्टीका भएपनि उनिहरूबीच आश्चर्यजनक किसिमले मिलाप र सहकार्य भइरहेको हुन्छ भन्ने यस तथ्यले स्पष्ट गरेको छ ।
ललिता निवास जमिन कब्जा प्रकरणमा मुछिएर रन्थनिएका माधवकुमार नेपाल र गौर हत्याकण्डको विषयमा कारवाहीको अग्रसरताबाट तड्पिएका उपेन्द्र यादवलाई ‘शान्त’ पारेपछि प्रधानमन्त्री प्रचण्ड आफ्नो सरकारले निरन्तरता पाउनेमा ढुक्क हुन पुगेका छन् । यतिबेला प्रचण्ड अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूबाट पनि सूरक्षित महसूस गर्दैछन् । खासगरी भारततर्फबाट आफूलाई कुनै प्रकारले खतरा नभएको उनले ठानेका छन् । नेपालको आन्तरिक राजनीतिमा चिनियाँ चासो र प्रभाव कम रहने ठानिन्छ, चीनको भ्रमणपश्चात् चीनसँगका असमझदारी हट्ने विश्वास पनि प्रचण्डमा देखिएको छ ।

एमसीसी पारित गर्न निर्णायक भूमिका निर्वाह गर्ने प्रचण्डले पछिल्लो समयमा एमसीसी कार्यान्वयनसँग बाह्रबुँदे ब्याख्यात्मक टिप्पणीको विषय उठाएर चीनलाई प्रशन्न तुल्याउन खोजेको बुझिन्छ । यत्तिकै भरमा चीन प्रचण्डप्रति विश्वस्त हुने विश्वास गर्न सकिँदैन, तथापि प्रचण्डले चीनको समेत विश्वास जुटाउने प्रयास गरिरहेका छन् । अर्को शक्तिकेन्द्र अमेरिका कसले के भन्छ भन्दा पनि के गर्छ भन्ने आधारमा मात्र धारणा बनाउने गर्दछ । प्रचण्डले बोल्दा जे-जे बोलेपनि गर्ने बेलामा आफ्नै अनुकुल निर्णय हुनेमा अमेरिकी पक्ष विश्वस्त रहेको बुझिन्छ । यसरी सबै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रलाई मिलाउन सकेको ठानेपछि सरकारले निरन्तरता पाउनेमा प्रचण्ड विश्वस्त हुन पुगेका हुन् ।

सत्ता साझेदार दलहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र भ्रष्टाचार नियन्त्रणको इमान्दार प्रयास गरेपछि आतङ्कित भएका थिए । माधवकुमार नेपाललाई ललिता निवास जमिन घोटाला प्रकरणमा उन्मुक्ति दिइने भएबाट ऊनी प्रशन्न बनेका छन् भने गौर हत्याकाण्डको फाइल अघि नबढाइने भएपछि उपेन्द्र यादव पनि दङ्ग परेका छन् । ज्ञातब्य छ, दुई समूहका कुल बाइस सांसद छन् र, तिनले सरकार छोडेमा सरकार ढल्ने निश्चित मानिन्थ्यो । उता शेरबहादुर देउवालाई पनि प्रचण्डले गृहमन्त्री बदल्ने प्रतिबद्धता जाहेर गरेर आफ्नो विश्वासमा लिएका छन् । चीन भ्रमणबाट फर्किएपछि मन्त्रिमण्डल पुनर्गठन गरि श्रेष्ठलाई हटाउने वचन प्रचण्डले देउवालाई दिएको बताइन्छ । श्रेष्ठको स्थानमा वर्षमान पुनलाई ल्याउन शेरबहादुर र उनकी पत्नी आरजुको सिफारिस भइरहेको निकटवर्तीहरूको भनाइ छ ।

यस तथ्यले भ्रष्टाचारी चरित्रका मानिस जुनसुकै पार्टीका भएपनि उनिहरूबीच आश्चर्यजनक किसिमले मिलाप र सहकार्य भइरहेको हुन्छ भन्ने स्पष्ट गरेको छ । नारायणकाजीलाई हटाउन माओवादीभित्रका वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल र नन्दकिशोर पुनलगायतका ब्यक्तिहरू सक्रिय रहँदै आएका छन् । प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीलाई पनि प्रचण्डले गृहमन्त्री बदल्ने वचन दिएर एक हदसम्म विश्वासमा लिन सफल भएका छन् ।

यसरी देशभित्र र बाहिरी शक्तिलाई अनुकुल बनाउन सकेको ठानेकै कारण प्रचण्डले सरकार सूरक्षित रहने ठानेका हुन् । प्रचण्ड रास्वपालाई सरकारमा सामेल गराउँदा अमेरिका थप प्रशन्न हुने बिश्वासमा देखिन्छन् र, उनले गृह दिएर रास्वपालाई लिने मानसिकता बनाएका पनि छन् । तर, यसमा शेरबहादुर देउवा अडचन बनेर उभिएका छन् । देउवा रास्वपालाई सरकारमा नलिन दृढ देखिएका छन् ।

संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी भएर उतैबाट चीन पुग्ने तयारीमा प्रचण्ड छन् । फर्किएपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने उनको योजना रहेको छ । आफ्नो योजनामा यिनी सफल रहेभने अझै डेढ वर्षसम्म प्रचण्डकै नेतृत्वको सरकारले निरन्तरता पाउने ठानिएको छ । घटना र विचारबाट