काठमाडौं – नेपाली कांग्रेसिभत्रका प्रतिपक्ष मानिएका नेता डा. शशांक कोइरालाले १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने बताएका छन् । २०८० भदाै २० गते बुधवार सार्वजनिक रुपमा सभापति शेरबहादुर देउवाको उत्तराधिकारी हुने बताएका थिए । आउँदो महाधिवेशनमा देउवाको उम्मेदवार भएर शशांक कोइराला अगाडि सर्ने भएपछि कांग्रेसभित्र भने नयाँ तरंग उत्पन्न आएको छ ।
संस्थापन इतरको समूह पहिलादेखि नै तयारीमा रहेको भएपनि अहिले संस्थापन पक्षभित्रै समस्या देखिने संकेत देखिएको छ ।
देउवाको उम्मेदवारका लागि पूर्णबहादुर खड्कासहितका नेताहरुले अपेक्षा गरिरहेका छन् । खड्का सभापतिको दावेदार बन्ने संभावना रहेको भन्दै कांग्रेसभित्र त्यसरी नै समूह बन्न लागेको थियो ।
बालकृष्ण खाण पनि सभापतिको संभावित उम्मेदवारको रुपमा चर्चा गरिएको थियो । तर, उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर जेल पुगेपछि उनको राजनीतिक भविष्य भने संकटमा परेको छ।
यिनै कारणले उपाध्यक्ष खड्काकाे संभावना बढी देखिने गरेको थियो । तर, शशांक आफैले देउवाकै पक्षकाे उम्मेदवार हुने बताएपछि भने संस्थापन पक्षमा तरंग पैदा भएको छ ।
कांग्रेसमा शेखर कोइराला र गगन थापाको बलियो टीम बनेको अवस्थामा शशांक कोइरालासँग प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गरिएको छ ।
त्यस्तो अवस्थामा दुई भाइ कोइराला बिच प्रतिस्पर्धा पनि हुनसक्छ । तर, अहिले कांग्रेसभित्र शशांक कोइरालाले नै शेखर कोइरालालाई देउवा क्याम्पमा आउन नदिएको चर्चा सुरु भएको छ ।
केही महिनाअघिसम्म देउवा समूहसँग निकट भएको चर्चा भएको थियो । शेखर पनि देउवाको पक्षमा उभिन थालेका थिए । तर, २०८० साउनको केन्द्रीय कमिटी बैठकपछि शेखर भड्किएका छन् ।
शेखरलाई देउवा समूहभित्र आउन नदिनका लागि शशांकले नै भूमिका निर्वाह गरेको अनुमान हुन थालेको छ। देउवाले सभापतिमा शेखरलाई उम्मेदवार बनाउनेगरी समूहमा भित्र्याउन खोजेको चर्चा चलेपछि शशांकको दौडधुप खुबै भएको थियो ।
शशांकले शेखरको विरुद्धमा पनि सार्वजनिक रुपमा बोलेका थिए । त्यसैले, अहिले शशांकको तगारोले शेखर देउवा समूहमा प्रवेश नपाएको बताउन थालिएको छ । देउवा समूहको भर नपाएपछि शेखरले गगन थापासँग नै बलियो समूह बनाउने कसरतमा लागिरहेका छन् । कोइराला परिवारका दुई भाइ कोइराला बिच प्रतिस्पर्धा हुने भएपछि अब सुजाता काेइरालाकाे कता उभिने हुन् भन्ने चासाे नेपाली कांग्रेसका कार्यकर्ताहरूले व्यक्त गर्न थालेका छन् । साँघुबाट