बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

क्रिकेट खेलाडीलाई ओलीको सान्त्वना : हाम्रा खेलाडी ट्रफी नभए पनि आत्मविश्वास लिएर फर्किने छन्

मंगलबार, भाद्र १९ २०८०

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एसिया कप खेलेको नेपाली क्रिकेट टिमलाई सान्त्वना दिएका छन् ।

हिजो भएको खेलमा भारतसँग पराजित भएको टिमलाई अध्यक्ष ओलीले सान्त्वना दिएका हुन् ।

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ’बधाई हामी सबैलाई ११, हिजो भारतसँगको खेल भावनात्मक रूपमा हामीले जितेका हौं । प्राविधिक रूपमा हाम्रो जित प्रमाणित हुन सकेन । हाम्रा खेलाडी ट्रफी नभए पनि आत्मविश्वास लिएर फर्किने छन् ।’

भारतसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

समूह चरणमा दुवै राष्ट्रसँग पराजित नेपाल अब स्वदेश फर्किने भएको छ ।