काठमाडौं साउन, २२–
प्रोग्रेसिभ फाईनान्सले ५९ करोड एक लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाईनान्सले यही भदौ पाँच गतेबाट हाल कायम रहेको चुक्ता पुंजी २१ करोड रुपैयाँ मध्येबाट एक बराबर दुुई दशमलव ८१ को अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ५९ लाख एक हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रर्वन्धक सनराईज क्यापिटल रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री कार्य आगामी असोज आठ गतेसम्म जारी रहने छ । अधिकृत पुंजी ८० करोड एक लाख तथा जारी पुंजी ८० करोक एक लाख रुपैयाँ नै रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी पनि ८० करोड एक लाख रुपैयाँ पुुग्ने छ ।