शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

मंगलबार, भाद्र १९ २०८०

काठमाडौं – कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा आज (मंगलबार) बाट प्रतिवादीको बहस हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो । आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि) सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताएका छन् ।