बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यी बिषयमा छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

मंगलबार, साउन २२ २०७५

काठमाडौं साउन, २२–
नेपाली कांग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । संघीय संरचना अनुसारको संगठन निमार्णलगायत विषयमा छलफल गर्न बैठक बोलाईएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए । 

मंगलवार दिउँसो केन्द्रीय कार्यलय सानेपा ललितपुरमा ३ बजे बोलईएको वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता  शर्माको भनाई छ । 
देश संघीयतामा गइसके पनि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो संगठन संघीय संरचना अनुसार बनाएको छैन् ।

समसामयिक राजनीतिक विषयमा समेत शीर्ष छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रधानन्यायधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेपछि कांग्रेसले सुनुवाइ समितिको औचित्यतामाथि प्रश्न उठाएको छ । संसदमा समेत यो विषयमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेका बेला कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय समितिमा सम्बोधन गर्न लागेका हुन् ।