काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले हालै छोरीलाई जन्म दिएकी हुन् ।
आज बिहान उनका समर्थकहरुले बालेनलाई पुत्रीलाभ भएकोमा बधाई दिएका छन् । हिजो शनिबार बिदाको दिन सरकारी नम्बर प्लेटको गाडीमा उनकी श्रीमतीलाई अस्पताल लैजाने क्रममा ट्राफिकले गाडी रोकेर पास खोजेको थियो ।
विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् ।