काठमाडौं। काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।
आज बिहान ७:४५ बजे मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।
घाइतेहरुलाई घटनास्थल नजिकको मदरल्याण्ड अस्पताल लगिएको छ। ती मध्ये केहीको अवस्था चिन्ताजनक रहेको बुझिएको छ ।
केहीको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।