बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘हेर्न नमिल्नेमा’ कोशी प्रदेश सरकारविरुद्धको मुद्दा

शुक्रबार, भाद्र १५ २०८०

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटउपर अन्तिम सुनुवाइ आज नहुने भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ सरेको हो ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तेस्रो नम्बरमा तोकिएको थियो।

यसअघि प्रारम्भिक सुनुवाइमा पनि खतिवडा रहेकाले आफू पूर्णसुनुवाइमा रहेर उक्त रिट हेर्न नहुने निर्णयमा उनी पुगेका थिए ।

आज पनि खतिवडासहितकै इजलासमा पेसी परेपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो।

मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको थियो ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।