बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यहाँ पनि देवालाई ओलीले दिनसक्छन् बहुमतको झापट

आइतबार, साउन २० २०७५

२० साउन, काठमाडौं–प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषद्ले अब नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।

न्यायपरिषद्ले जोशीको नामसँगै सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेकाले संवैधानिक परिषद्ले अब मिश्र र राणामध्ये एकजनालाई प्रधानन्यायाधीशमा प्रस्ताव गर्नेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्मा ६ सदस्य रहन्छन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, विपक्षी दलका नेता, सभामुख, उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष रहने व्यवस्था छ ।

तर, प्रधानन्यायाधीश पद रिक्त रहेको बखत कानुनमन्त्री परिषद् सदस्यका रूपमा सहभागी हुनेछन् । यसरी संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेता शेरबहादुर देउवाबाहेक पाँचैजना नेकपाका नेता हुन् ।

जोशीको नाम अस्वीकृतिलाई लिएर प्रमुख विपक्षी दल कांग्रेसले असहमति जनाउँदै आएकाले देउवा परिषद् सदस्यका रूपमा बैठकमा अनुपस्थित हुन सक्छन् अथवा बैठकमा उपस्थित भएर असहमति राख्न सक्छन् । तर, यसले नयाँ प्रधानन्यायाधीश छान्ने निर्णय प्रक्रियामा फरक पार्नेछैन ।

प्रमुख प्रतिपक्षी दलका नेता देउवा अनुपस्थित भएमा पनि परिषद्को गणपूरक संख्या पुग्नेछ र सर्वसम्मतिका आधारमा निर्णय हुन सक्नेछ । तर, देउवा उपस्थित भएर फरक मत राखेमा परिषद्को पहिलो बैठकले निर्णय गर्न सक्नेछैन ।

किनकि, संवैधानिक परिषद्का निर्णय सर्वसम्मतिका आधारमा हुने भनिएको छ । तर, एउटा बैठकमा सर्वसम्मति हुन नसके अर्को बैठक बोलाउने अधिकार परिषद्का अध्यक्षलाई छ । यसरी बोलाइएको बैठकले बहुमतका आधारमा निर्णय गर्न सक्नेछ ।