बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

थाहै नदिई सुटुक्क विदेश भ्रमण

शनिबार, साउन १९ २०७५

१९ साउन, कठमाडौं–
स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने गरेका छन् ।

काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन संघीय मामिला मन्त्रालयको स्वीकृतिविनै विदेश लागेको खुलासा भएको हो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

संघीय मामिला मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई अनिवार्य भ्रमण गर्नुपूर्व सहमति लिन गत चैत २१ गते सर्कुलर गरेको थियो । उक्त अवधिदेखि अहिलेसम्म ५० पदाधिकारीले मात्र मन्त्रालयसँग भ्रमणको पूर्वस्वीकृति लिएका छन् । 

स्वीकृति लिएरभन्दा जानकारी नैनदिई विदेश जाने पदाधिकारीको संख्या बढी रहेको मन्त्रालयको योजना तथा विकास  सहायता समन्वय महाशाखाले जनाएको छ ।