बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कुमारी बैंकको मेहेन्दी– उत्सव

बिहिबार, साउन १७ २०७५

काठमाडौं साउन, १७–
नेपालीहरुको पावन महिना श्रावणकोे अवसर पारेर कुमारी बैंक लिमिटेडले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै आफ्ना विभिन्न शाखाहरुमा मेहेन्दी उत्सवको आयोजना गरेको छ । श्रावण महिनाभर चल्ने यो उत्सवमा ‘शुभलक्ष्मी सेभिङ्ग’ खाताका सेवाग्राहीले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् । कुमारी बैंकका महिला ग्राहकवर्गले मेहेन्दी–कार्यक्रमको अनुसूची अनुसार आफुलाई अनुकुल पर्ने दिन उल्लेखित शाखाहरुमा सम्पर्क गरी मेहेन्दी लगाउन सक्नेछन् । 
नेपाली संस्कृति र परम्परालाई प्रबद्र्घन गर्ने एवम् महिलाहरुलाई उक्त चाड खुसीयालीका साथ मनाउन प्रोत्साहन दिने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रमको ग्राहकवर्गबाट निकै सकारात्मक प्रतिक्रिया आएकोे छ । महिला ग्राहकवर्गलाई लक्षित गरेर आयोजित उक्त कार्यक्रमलाई निरन्तरता दिँदै, आगामी हरितालिका तीजको अवसरमा बैंकले शुभलक्ष्मी सेभिङ्ग खाताका ग्राहकहरुलाई आकर्षक उपहार प्रदान गर्ने योजना बनाएको छ ।