काठमाडौं- सर्लाहीको गोडैता नगरपालिका–३ भगवतीपुर बजारस्थित बरको रूखमुनि बिष्णु गाउँपालिका–५ सिमरा बस्ने ४५ वर्षीय फेकन पण्डित आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ टोपाली बस्ने ८५ वर्षीया भागरथी चन्द सोही ठाउँस्थित खरबारीमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । बिगत ५ दिनदेखि घरबाट हराई बेपत्ता भएकी उनको प्रहरी चौकी जोलजिबीबाट खटिएको प्रहरीले आफन्तहरूको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।
झापाको बिर्तामोड नगरपालिका–५ दुर्गा मन्दिर नजिकै नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ लम्बुकस्थित कुन्साङ गुरूङको स्याउबारीमा विगत ८ वर्षदेखि काम गरी बस्ने म्याग्दी मालिका गाउँपालिका–६ दरवाङ घर भएका ३९ वर्षीय मामा भन्ने जगमान जुगजाली आफू बस्दै आएको स्थानमा आइतबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।