बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आफूलाई मानसिक तनाव दिएको भन्दै समिक्षा अधिकारीले दिइन् प्रहरीमा उजुरी

सोमबार, भाद्र ११ २०८०

काठमाडौं। गायिका समीक्षा अधिकारीले झूटो खबर फैलाएर आफूलाई मानसिक तनाव दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छन् ।

समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।

‘विभिन्न अतिरञ्जित कुराहरु लेखी हुँदै नभएका कुराहरु, विनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरु खोजतलास गरी कानूनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेश गरेको छु’, उनले दिएको निवेदनमा भनिएको छ ।