बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डुबेर दुई जनाको मृत्यु

आइतबार, भाद्र १० २०८०

काठमाडौं – बाँकेको बैजनाथ गाउँपालिका–३ एल बि चोकस्थित महेन्द्रतालमा डुबेर कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने १७ वर्षीय सुरेश सार्कीको शनिबार दिउँसो मृत्यु भएको छ । अन्य ३ जना साथीसँग पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उद्दार गरी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाँकेको जानकी गाउँपालिका–४ बेलनियास्थित गिजरा नालाको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय किरण बर्माको शनिबार दिउँसो मृत्यु भएको छ दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।