काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा आज जिल्ला अदालत काठमाडौमा सुनवाइ हुँदै छ ।
लामिछानेको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा बहस हुने भएको छ । पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको छ । यदि आज सुनवाइ सुरु भयो भने एक–दुई दिनमा फैसला आउन सक्छ ।
सन्दीप आइतबारको पेशीका लागि भनेर राष्ट्रिय टिमसँगै पाकिस्तान गएका छैनन् । सन्दीप आजको सुनुवाइ पछि एसिया कप खेल्न जाने तयारीमा छन् ।