काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ ।
ह्याकरले उनको फेसबुक पेजमा विभिन्न भिडियो पोष्ट गरेको देखिन्छ ।
नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
गत आइतबार (२० अगष्ट) मा शर्माले रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ ।