शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

 काठमाडौंबाट पोखराका लागि हिँडेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु

बुधबार, भाद्र ६ २०८०

धादिङ । यात्रुवाहक बस त्रिशुलीमा खस्दा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा १८ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल खसेको थियो ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट नदीमा खसेको बताइएको छ ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

८ जनाको शव बसबाट निकालिएको छ भने बसमा कम्तिमा १८ जनाको सवार थिए । केहीलाई उद्दार गरेर अस्पताल पठाइएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।