शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्रीद्वारा मन्त्री किराँतीका पिताका पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण

बुधबार, भाद्र ६ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका पिता हर्कबहादुर राईको पार्थिब  शरीरमा  श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन् ।

मन्त्री किराँतीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।

मन्त्री किराँतीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत थिए। उनले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

मन्त्री किराँतीका बुवाको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।