बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठक बस्दै

बुधबार, भाद्र ६ २०८०

काठमाडौँ । राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११:०० बजे सिंहदरबारमा बस्ने भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मङ्गलवार बस्न नसकेको बैठक आज बस्न लागेको हो । अध्यक्ष ओलीले ज्वरो आएकाले हिजोको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

यसअघि, सोमबार राति बसेको शीर्ष नेताहरूको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेको थियो ।

आजको बैठकमा मस्यौदा समितिले ड्राफ्ट शीर्ष नेतालाई बुझाउने र शीर्ष नेताले त्यसलाई अन्तिम रूप दिने तयारी छ ।