काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
पद तथा गोपनीयताको शपथपछि सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश श्रेष्ठले पदभार ग्रहण गरेका हुन्।
मंगलबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका थिए।
उनलाई राष्ट्रपति पौडेलले सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।