शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त, शपथ भोलि

सोमबार, भाद्र ४ २०८०

कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले श्रेष्‍ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले आजै अनुमोदन गरेको थियो ।

हरिकृष्ण कार्की अवकाशमा जानु दुई दिनअघि साउन १८ गते बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।