बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डुबेर मृत्यु

सोमबार, भाद्र ४ २०८०

काठमाडौं – मकवानपुरको कैलाश गाउँपालिका–१० भालटारस्थित मनहरी खोलामा डुबेर सोही ठाउँ बस्ने सुमन सिंह स्याङतानकी छोरी ४ वर्षीया प्रमिसा स्याङतानको आइतबार दिउँसो मृत्यु भएको छ ।

बर्दियाको मधुबन नगरपालिका–१ दुर्गानगरस्थित पत्थरबोधी खोलाबाट आएको नालीमा डुबेर कैलाली धनगढी उपमहानगरपालिका–३ बडहर घर भएकी नेहा चौधरीकी छोरी २ वर्षीया बिसिका चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको स्वास्थ्य चौकी सूर्यपटुवामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।