बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे आज पनि निर्णय हुनसकेन

सोमबार, साउन १४ २०७५

काठमाडौं साउन, १४–
यसअघि पनि चार पटक सरिसकेको प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्न आज बसेको बैठक निर्णय सुनुवाई नगरी स्थगित भएको छ ।  आज  संसदीय सुनुवाई विशेष समितिको बैठक  बसेपनि कुनै निर्णय हुन सकेन । बैठक आगामी साउन १६ गतेसम्मको लागि  स्थगित भएको छ । 
    जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको समितिका जेष्ठ सदस्य  लक्ष्मणलाल कर्णले जानकारी दिए । 

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् । 

 गत बिहीबार भावी प्रधानन्यायाधीश जोशीको सुनुवाइ भएको थियो । तर, उनी  विवादमा  तानिएकाले प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।

यही कारण समितिको  बैठक आइतबार पनि स्थगित भएको थियो । 

संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।