बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, भाद्र १ २०८०

काठमाडौ – धनुषाको मिथिला नगरपालिका–७ स्थित सडकमा प्र.१–०१–००१ च ८६३९ नम्बरको बलेरो पिकअप र प्र ०२–०२–००४ प २१९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका–७ घर भई जनकपुर उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय ओम कुमार रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केबर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित सडकमा ना.६ त ६६१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषा मिथिला नगरपालिका–११ बस्ने १७ वर्षीय सुरज मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।