शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद खुलाउन सभामुख घिमिरेले बढाए सक्रियता

शुक्रबार, भाद्र १ २०८०

काठमाडौं । झन्डै एक महिना देखी अबरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन ।

सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

आज बिहान ९ बजे वालुवाटारस्थित प्रधानमन्त्रीसँग सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डका बिचमा छलफल भएको हो ।
सदन अवरोध भए पछि सभामुख घिमिरेसँग प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गर्दै आएको छ ।