काठमाडौं – सुनसरीको ईटहरी उपमहानगरपालिका–४ कचना महादेव टोलस्थित ट्याङग्रा खोला नजिकको खाल्डोमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका–३ घर भएकी ३५ वर्षीया सिता लिम्बु बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलाको ड्याममा सोही महानगरपालिका–२३ सिराने बस्ने ५५ वर्षीय देउ बहादुर सार्की बुधबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–१७ पिप्रहरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१७ गाजिपुर भ्यूटावरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।