शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बिहिबार, साउन ३२ २०८०

काठमाडौं – काभ्रेको धुलिखेल नगरपालिका–४ मिराबेल चोकमा बा.२ क २०१९ नम्बरको मिनिट्रकले रा.७ प ७२८८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक प्युठान धर्मवती गाउँपालिका–७ बस्ने २७ वर्षीय सुरज गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यानको त्रिबेणी गाउँपालिका–५ लाम्रीखोलास्थित सडकमा रा.१ ह ३९३० नम्बरको अटो सडकदेखि करिब १ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–४ अकासे बस्ने ५० वर्षीया ठगी कामीको घटनास्थलमै मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।