शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

सोमबार, साउन २९ २०८०

काठमाडौं – कैलालीको जानकी गाउँपालिका–२ कटघर पथरैया नदीको बाणी नहरमा लम्की चुहा नगरपालिका–१० बस्ने ६० वर्षीय भुकारी डगौरा थारू आइतबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१६ गाबाहाल डेरा गरी बस्ने सिरहा, सिरहा नगरपालिका–१३ घर भएकी ३५ वर्षीया संगिता देवी यादव आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

बर्दियाको बासगढी नगरपालिका–८ बनगौरी बस्ने ६० वर्षीय तुल बहादुर परियार सोही ठाउँस्थित खेतमा सोमबार र बढैयाताल गाउँपालिका–६ उच्चागाउँस्थित सार्वजनिक पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१९ तल्लो गोष्तेघाटस्थित सेती नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६ वर्षीया बालिका आइतबार मृत अवस्थामा फेला परेकी छन् । तनहुँको ब्यास नगरपालिका–७ मादीस्थित कलेस्ती नदीको दोभानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।