शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एयरपोर्ट बाहिरबाट बरामद सुन टक्सार महाशाखामा पगाल्न सुरू

सोमबार, साउन २९ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद एक क्विन्टल सुन पगालेर जोखिने भएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई सुन जोख्ने पत्र पठाएको थियो ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु हुने बताए ।

राजस्वले बरामद गरेकाे ब्रेकशु सहितको सुनको तौल १५५ रहेको छ । अब पगाल्ने काम आज या भाेलिमा सकेर जाेखिने भएकाे उनले बताए ।

राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो ।

अहिले सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।