शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अध्यक्ष ओलीलाई भेट्न सुनिल शर्मा बालकोटमा

आइतबार, साउन २८ २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका उनलाई हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो ।

सिआईबीले शर्मालाई पक्राउ गर्दा एमाले सांसदहरुले सदनमा कुरा उठाएका थिए ।

जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएलगत्तै उनले ओलीलाई भेट्न बालकोट जाने र आर्शिवाद लिने घोषणा गरेका थिए । रिहा भएपछि शर्माले एमाले अध्यक्ष ओली राजनेता भएको भन्दै केपी ओली जिन्दाबाद भनेर नारा पनि लगाएका थिए ।

उनले समय लिएर नै ओलीसँग आज बालकोट पुगेर भेटेका हुन् ।