काठमाडौँ– एक सय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा आशंकाकै भरमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन्।
भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले हिजो पक्राउ गरेको थियो।
सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई रिहा गरिएको हो।
सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ। तर उनलाई पक्राउ गर्नुपर्ने आवश्यक नदेखिएको प्रहरीले जनाएको छ।