शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कपनको खहरे खोला खोल्न काठमाडौं महानगरले चलायो डोजर

शुक्रबार, साउन २६ २०८०

काठमाडौं – काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खोल्न डोजर चलाएको छ । आज (शुक्रबार) काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ–७ को सीमानामा रहेको सात तले चोक नजिक खहरे खोला खोल्न काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ–७ का वडाध्यक्षबीच सहमति भएपछि महानगरपालिकाका दुई वटा डोजरले खहरे खोला खोल्न थालेका हुन् । शुक्रबार काठमाडौं र बूढानीलकण्ठका जनप्रतिनिधिहरूबीच नापी कार्यालय चाबहीलमा बैठक बसेको थियो ।

उनीहरूबीच साततल्ले चोक जस्तको तस्तै राख्ने, सीमाना र खहरेको भाग समेत छुट्याउने लगायतका सहमति भएको छ । यसअघि बिहीबार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना हुँदा डोजर खोलामा प्रवेश नगरी फर्किएको थियो ।