काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लोकगाँउ बस्ने गोबिन्द राईको भान्सा घरमा बुधबार बिहान आगलागी हुँदा उनकै श्रीमती ५५ वर्षीया सरिता राईको जलेर मृत्यु भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका–५ बजार नजीक बस्ने चन्दन कुमार गुप्ताको हिमालय अपसेट प्रेसमा बिद्युतीय मिटरको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा प्रेस मेसिन जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।