गायक प्रमोद खरेलको आवाजमा रहेको ’म परदेश जादा’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । अनुप बोहरा,अनु पराजुली,बाबुराम सत्याल र सितादेवी सत्यालको अभिनय रहेको यस गीत Sierra Neo Official youtube channel बाट सार्वजनिक गरिएको छ । यस गीतमा Sierra Acharya को शब्दरचना, बिपिन घिमिरेको संगीत र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको छ ।
निर्देशक पुजा ठकुरीले भिडियोलाई निर्देशन गरेकी हुन् । भिडियोमा मुकेश हुमागाईंको सिनेमाटोग्राफी, बिनोद बामको सम्पादन साथै सरगम गहको मेकअप रहेको छ ।