शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले आज पनि गर्यो अवरोध, बैठक स्थगित

बुधबार, साउन २४ २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।
बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।

सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगे ।

त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।