काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रतिनिधि सभाको बैठक अगाडि सभामुख घिमिरेले आज दिउँसो ११ः३० बजे नयाँ बानेश्वरमा संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन्। उक्त बैठकमा संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुने जनाइएको छ ।
भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ।
संसदमा निरन्तर अवरोध हुँदा जनताको आवाज व्यक्त हुन नपाएको भन्दै सभामुखले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दै आएका छन् ।