काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद् अवरोध खुलाउने विषयमा सहमति जुटेको छ ।
सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बालुवाटारमा बसेको थियो ।
उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो । गृहमन्त्रीले संसदमा उठेका कुरालाई गृहमन्त्रीले जवाफ दिने सहमति भएको छ ।
गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर एमाले पुनः सदन अवरोध गर्ने भएको छ ।
गृहमन्त्रीको जवाफमा उच्च स्तरिय छानविनको कुरा नआएका एमालेले पुन संसद अवरुद्ध गर्ने भएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको मागको विषयमा कुराकानी भएको थियो । उक्त माग राखेर केही दिनयता एमालेले लगाातार सदन अवरुद्ध गर्दै आएको थियो ।