शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

ठाउँ-ठाउँमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मंगलबार, साउन २३ २०८०

काठमाडौँ – ठाउँ-ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोला लगायत ठाउँमा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए ।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।